नौलो छ कति चतुर रहेछ पस्यो यि वस्ती सब।
ठुलो हैन रहेछ पृथ्वी जसै पानी पधेरो बुझ।
युरोप,अमेरिका ,एसिया कतै बचेका छैनन कुनै।
मान्छे विश्व ब्राह्मणनै अधिनमा पार्दैछ एक्लै सब।
लाखौ यन्त्र, अनेकौं पद्धति बेजोड नौलो लिदा ।
सकिएन रोक्न क्षति रतिभर भएन यो रोग बिदा।
खोज्यो मानव मास्न यसले खोला नाला झैं बगि।
दिनेभो अमिट घाउ मनुजमा अकल्पनीय जिन्दगी ।
शक्तिशाली हौ शिखरमा छौँ भनी निर्बाध उफ्रे पनि।
मान्छेको कति रहेन तृष्टी मनमा संसार जित्दा पनि ।
घटाइ सृष्टि मनुष्यको यसै चढ्दैछ पर्खाल त्यो।
नजोगाए मिलि बर्चस्व सबैले रुनेछ नेपाल यो।
जे जे दुर्गन्धित छन विकास पथका बाधाहरु मासिउन।
जे छन कागजमा समाज हितका निर्माणमा गासिउन।
छन विज्ञ तर छैनन् औषधिमुलो खोज्दा यो धर्ती भरी।
आफु जोगिइ जोगाउनु पर्छ सबै सन्देश लैजा चरी।
- अच्युत राज दाहाल २०७७/०२/०३
Facebook Comments Box