डिजिटल नेटवर्किङ कारोबारमा प्रहरीको निगरानी : सूचना दिन आग्रह

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको सूचना दिन प्रहरीले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले गैरकानुनी कारोबारमाथि निगरानी भइरहेको भन्दै सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो।

गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइए कडाइका साथ कारबाही गर्नेसमेत आइतबार ब्यूरोले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। गैर कानूनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा जानकारी भए प्रहरी कार्यालयमा सूचना उपलब्ध गराएर सहयोग गर्न अनुरोध गरेको हो।

‘यस्ता गैर कानुनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए यस कार्यालाई सूचना उपलब्ध गराई सहयोग गरिदिनुहुन समेत अनुरोध गरिएको छ’, ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ।

Facebook Comments Box