देशभरका अधिकांश क्षेत्रमा वर्षा, बर्षा बढे सँगै बाढी पहिरोको जोखिम बढ्दै

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अहिले देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा आज देशका अधिकांश स्थानमा विहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानमुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा जारी रहने जनाएको छ ।

अधिक बर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका स्थानमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

आज दिउँसो देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति देशका सबै प्रदेशमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box