काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोबाट देशभर पुगेको जनधनको क्षतिप्रति दुःख ब्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, बाढी पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा आफु अत्यन्त दुःख लागेको छ । शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस भन्ने कामना गर्दछु।
पूर्व राजा ज्ञानेन्द्रले विनासको समयमा पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पु¥याउन पनि आग्रह गरेका छन् । नेपाल जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया भएको भन्दै उनले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने पनि बताएका छन ।
उनले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने कामना पनि गरेका छन । पूर्वराजा ज्ञानेन्द्रले पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।