अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा, स्थायी कमिटि बैठक दिउँसो ३ बजे

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड छलफलमा रहेकाले बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ओली र प्रचण्डबीच छलफल भइरहेको छ । नेकपामा रहेको आन्तरिक कलह निवारणका लागि भन्दै पछिल्लो समयमा निरन्तर स्थायी कमिटि बैठक स्थगित भइरहेको छ ।

प्रचण्ड र माधव नेपाल समुहले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनुपर्ने अडान राखेसँगै नेकपा विवाद झन् बढेको छ । यसअघिको बैठकमा स्थायी समितिका ३१ जना सदस्यले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका थिए ।

Facebook Comments Box