नेकपाको स्थायी कमिटी बैठक साउन ४ गते  बस्ने गरी स्थगित

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं  साउन २। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक साउन ४ गते  बस्ने गरि स्थगित भएको छ ।

शुक्रवार विहान ११ बजेका लागि बोलाइएको बैठक सुरूमा अपरान्ह ३ बजेसम्मका लागि सारिएकाे थियाे । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमती हुन नसकेपछि बैठक आइतबार अपरान्ह ३ बजेका लागि सारिएको एक नेताले बताए  ।

बिहान ११ बजेकाे बैठकका लागि भन्दै  अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय ओली र प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि अपरान्ह  ३ बजेसम्मका लागि सारिएको थियो ।

बिहिवारकाे छलफलमा बैठक स्थगित नगर्ने सहमती गरेका अध्यक्षद्वय अहिले दुइ दिन पर सारेर पुनः छलफलमा जुटेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।  स्रोतका अनुसार अहिले ओली र प्रचण्ड बालुवाटारमा छलफलमा बसिरहेका छन्।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक असार २० गतेदेखि पार्टीभित्रको विवादका कारण पटक–पटक सर्दै आएको छ। पछिल्लो पटक २६ गतेका लागि सारिएको बैठक देशभर भएका विपद्का घटनाको कारण देखाउँदै एकसाताका लागि सारिएको थियो ।

Facebook Comments Box