थप १५६ जनामा कोरोना पुष्टि, सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ६५८, डिस्चार्ज सङ्ख्या ११ हजार ६९५

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएका नमूना परीक्षणमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ६५८ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ५८ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६९५ (६६.२४ प्रतिशत) छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

कोरोनामुक्त भएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ४० जना पुगेको छ ।

Facebook Comments Box