नेपाल-भारतको सीमा, पर्साको ठोरीस्थित ४३६ नम्बरको सीमा स्तम्भ पुनः गाडियो

खवर पाटी (खोज खबरको अभियान)

वीरगन्ज । नेपाल-भारतको सीमामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ पुनः गाडिएको छ । पर्साको ठोरीस्थित सीता गुफाको माथि रहेको सीमास्तम्भ शनिबार साँझ ५ बजे तिर उखेलेर फालेको अवस्वामा फेला परेको थियो । सो सीमा स्तम्भ साविककै डोबमा शनिबार राती ९ बजे पुनः गाडिएको हो ।

शनिबार दिन भरी दुरुस्त रहेको सीमा स्तम्भ साँझ ५ बजे तिर उखेलेर फालेको अवस्थामा फेला परेको ठोरीमा रहेको शसस्त्र प्रहरीको सीमा सुरक्षा बल बोर्डर आउट पोष्टका ठारीका प्रहरी निरिक्षक दिपक दहालले बताए । ‘नेपाल- भारत दुवै देशका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको उपस्थितिमा राती ९ बजे साविकै ठाउँमा सीमा स्तम्भ गाडिएको हो’, उनले भने ।

पहिले गाडिएकै स्थानमा पुनः गाड्ने दुवै तर्फका सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको सहमति भएपछि राती ९ बजे ४३६ नम्बरको जंगे पिलर पुनः गाडियो । भारत तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्डेड सहितको टोली आएको थियो । नेपाल तर्फबाट नेपाल प्रहरी र शसस्त्र प्रहरी ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको सम्युक्त टोलीले पहिलेकै डोबमा गाड्ने सहमति गरिएपछि समस्याको समाधान गरिएयो । दुवै देशको माथिल्लो निकायबाट पनि घटनास्थलको अवस्था हेरी विवाद नबढाउन आएको निर्देशनलाई सहज ढंगबाट आपसी सहमतिमा किनारा लगाइयो । ३५ नम्बर लेखिएको यो पिलर पछिल्लो समयमा सीमा स्तम्भ अध्यावधिक गर्दै जाँदा ४३६ नम्बर भएको सशस्त्रका प्रहरी निरिक्षक दहालको भनाइ छ ।

सीमा स्तम्भलाई जो कोहीले सजिलै उखेल्न फाल्न नसकोस् भनी साविककोभन्दा अलि गहिरो गरि गाड्ने प्रयास भयो । तर ठोरीमा रहेको सीता गुफा रहेको पहरोको ढुंगामाथि नै डोब खन्नु पर्ने हुँदा गहिरो डोब नभएर साविककै जतिमात्र सीमास्तम्भ गाडिएको सहभागीहरुले बताए ।  राजधानी

Facebook Comments Box