नारायणगढ मुग्लिन सडकको चार किलोमा पहिरोजाँदा सवारी आवागमन अवरुद्ध

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, साउन ५ । गएरातीबाट परको पानीका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरोजाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।
पहिरो अहिले पनि खस्ने क्रम नरोकिएको र पानी परिरहेकाले सडक पन्छाउन सक्ने अस्बस्था नरहेको नरायणगढ मुग्लिन सडक परियोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो ।
उहाँ सो स्थानमा यस अघि पनि पहिरो गइरहने गरेको समस्या ग्रस्त क्षेत्र भएको बताउनुभयो । सडक पन्छाउन आज दिन भर लाग्न सक्ने हुँदा सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाइन वैल्पिक बाटो प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

Facebook Comments Box