गैँडाकोट नगर प्रमुखले आफूले बोलेको शव्द नगरवासीप्रति लक्षित नभएको भन्दै पत्रकार सम्मेलन

खवर पाटी (खोज खबरको अभियान)

नवलपुर, गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले आफूले बोलेको शव्द नगरवासीप्रति लक्षित नभएको बताउनु भएको छ । आईतबार पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख पौडेलले नगरलाई समृद्ध बनाउने अभियानमा अवरोध पुर्याउँदै आईरहेका पूर्वाग्रहपूर्ण विकास विरोधी र तर्सित मानसिकताको मात्र विरोधका लागि बाध्य भई शव्द प्रयोग गरेको बताउनु भयो । त्यस्तै अधिवक्ता रमेश काफ्लेसंग गैँडाकोट नगरपालिका र आफ्नो समेत नामजोडी सामाजिक सञ्जालमा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।

अधिवक्ता नीज रमेश काफ्ले आफ्नो कानुनी सल्लाहकार नभएको र नीजका तर्फबाट अन्यत्र भए गरेका काम काम कारवाहिका सम्बन्धमा नगरपालिकाको कुनै पनि सम्बन्ध र दायित्व नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरपालिकासँग नाम जोडेर गरिएको तथ्यहिन भ्रामक समाचारको पछि नलाग्न नगरवासीलाई आह्वान गर्दे नगरप्रमुखको पद र मर्यादालाई तेजोवध गर्न खोजिएको बताउनु भयो ।
समृद्ध गैंडाकोट निर्माणको महाअभियानमा जुटिरहेको उल्लेख गर्दै उहाँले राजनैतिक पूर्वाग्रहले पिल्सीएका आफ्नै सहकर्मीहरुबाट साथ र सहयोग पाउन नसकेको समेत बताउनुभएको छ । नगरपालिकाका जिम्मेवार पदाधिकारीहरुले विभिन्न बहाना बनाई कार्यमा अवरोध सिर्जना गर्ने, कार्यकक्षमा ताला लगाउने, नगर प्रमुखको नेमप्लेट फ्याक्ने, आफ्नो जिम्मामा रहेका नगरपालिकाका अभिलेखहरु अनधिकृत रुपमा बजारमा पु¥याउने जस्ता गैर जिम्मेवार कार्यका माध्यमबाट पटक–पटक नगरको समृद्धि र विकासमा अवरोध पु¥याउने गरिएको उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
नगर प्रमुख पौडेलले नगरवासीलाई ‘कुकुर’ को संज्ञा दिएर अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेस गैँडाकोटले आलोचना गरेको थियो । यसै कुरालाई स्पष्टिकरण दिँदै मेयर पौडेलले नगरवासीलाई कुकुरको संज्ञा नदिएको र जस्ले उहाँ र नगरपालिकालाई अधिवक्ता रमेश काफ्लेका साथ नाम जोडेर सामाजिक संजालमा चरित्रहत्या गर्न खोज्नेलाई बाध्य भएर कुकुरको संज्ञा दिएको बताउनु भयो । र नेपाली कांग्रेस गैँडाकोटले २०७५ सालमा सिमित मुद्धाहरु हेर्नका लागि करारमा अधिवक्ता काफ्लेलाई नियुक्ति गरेको भएपनि त्यो समयावधि उहिल्यै समाप्त भईसकेको नगरपालिकाको आधिकारिक दस्तावेजहरु अनाधिकृत रुपमा बाहिर ल्याएकोमा गम्भिर ध्यानाकर्षण भएको पनि बताउनु भयो ।

Facebook Comments Box