नेकपाको स्थायी कमिटी बैठक फेरी पनि साउन ६ गतेसम्मका लागि स्थगित

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेबस्ने भनिएको बैठक साउन ६ गतेसम्मका लागि स्थगित गरिएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले अब साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिए ।

नेताहरुबीच थप छलफल गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आन्तरिक विवाद समाधानतर्फ केन्द्रित नभएपछि नेकपा स्थायी कमिटी बैठक पटक पटक स्थगित भएको छ ।

Facebook Comments Box