कोरोना फैलाएको आरोपमा नियन्त्रणमा राखिएका ३३ जना नेपाली स्वदेश फर्किए

खवर पाटी (खोज खबरको अभियान)

वीरगञ्ज – भारतमा कोरोना भाइरस फैलाएको आरोपमा नियन्त्रणमा राखिएका ३३ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिनुभन्दा अगाडी नै धार्मिक सम्मेलनमा भारतको निजामोदिन पुगेका बारा, पर्सा, रौतहट, उदयपुर, गोर्खा, पोखरा लगायतका ३३ जनालाई भारतमा कोरोना भाइरस फैलाएको भन्दै नियन्त्रणमा लिएको थियो ।

१४ दिनसम्म क्वारेन्टाईनमा राख्नुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका विपरित ३ पटकसम्म कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आउँदा समेत उनिहरुलाई ६६ दिनसम्म नेराला अपार्टमेन्टको क्वारेन्टाईनमा राखिएको थियो ।

परराष्ट्र मन्त्रालय, मुस्लिम संगठन नेपाल लगायतको पहलमा उनिहरुलाई सकुशल स्वदेश फर्काउन सफल भएको मुस्लिम संगठन पर्साका अध्यक्ष जफर अन्सारीले बताउनुभयो ।

आईतवार स्वदेश फर्किएका उनिहरुलाई बारा तथा पर्साका मुस्लिम अगुवाहरुले खादा लगाएर नेपाल भारतको सिमा शंकराचार्य गेटमा स्वागत गरेको संगठनका बारा अध्यक्ष आबिद हुसैनले बताउनुभयो । संघका केन्द्रिय सचिवालय सदस्य राज खाण, वीरगञ्जका महमद अब्बास लगायतले उनिहरुलाई खादा ओढाएर स्वागत गरेका हुन् ।

३३ जना मध्ये जमाति, निजामोदिनमा अध्ययनरत विद्यार्थि समेत रहेको संगठनले जनाएको छ ।  – यात्रा दैनिक

Facebook Comments Box