१५० जना नयाँ सङ्क्रमित थपिए, कुल सङ्ख्या १७ हजार ९९४, निको भएका १२ हजार  ४७७

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, साउन ६ । नेपालमा कोभिड–१९ का १५० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४  पुगेको छ । पाँच हजार ४७७ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा  ६०९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

५२९ जना रेड जाेनमा परेका छन् ।

हालसम्म १२ हजार  ४७७  सङक्रमित निको भएका छन् ।

उपत्यकामा थप ९ जना सङक्रमित  

पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडाैंमा ८ जना र  ललितपुरमा १ जना सङक्रमित थपिएका छन् ।

Facebook Comments Box