कंगना रौनतलाई स्पष्टीकरणका लागि मुम्बई प्रहरीले दोस्रोपटक पत्र पठायो

खवर पाटी (खोज खबरको अभियान)

मुम्बई । बलिउड अभिनेत्री कंगना रौनतलाई मुम्बई प्रहरीले स्पष्टीकरणका लागि प्रहरी कार्यालयमा स्पष्टीकरण दिन दोस्रोपटक पत्र पठाएको छ । पहिलोपटक पठाएको पत्रलाई बेवस्ता गर्दै प्रहरी कार्यालयमा स्पष्टीकरण दिन नआएको भन्दै दोस्रोपटक पत्र पठाउनु परेको प्रहरीले जनाएको छ । यदि दोस्रो पत्रपछि पनि आलटाल गरेर एक साताभित्र स्पष्टीकरण दिन प्रहरी कार्यालयमा नआएको खण्डमा पक्राउ गरेर ल्याइने प्रहरीले जनाएको छ ।

एक महिनाअघि अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि अभिनेत्री कंगनाले सुशान्तको पक्षमा विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आएकी छन् । अभिनेता सुशान्तको आत्महत्या नभएर उनलाई मन बाध्य तुल्याइएको भन्दै विभिन्न व्यक्तिहरूमाथि कंगनाले आत्महत्याका कारक भनेर आरोप लगाएकी छन् ।

कंगनाले बोलेको कुरा पुष्टि गर्न प्रहरीमा उजुरी परेपछि बयानका लागि उनलाई प्रहरीले बोलाएको हो । यसअघि पठाएको पत्र कंगनाको परिवारले बुझ्ना मानेका थिएनन् । आफूले यथार्थ कुरा बोल्दा प्रहरीले बयानको लागि बोलाएको भन्दै यी अभिनेत्रीले ट्वीट गरेकी थिइन् । तर, उनी प्रहरी कार्यालयमा तोकिएको समयमा हाजिर नभएपछि फेरि दोस्रोपटक प्रहरीले सो बयानका लागि कार्यालयमा हाजिर हुनु भन्दै उनको घरमा पत्र दिएको छ । यसपटक उनको घर मैनालीमा प्रहरीले सो पत्र बुझाएको छ ।

यी अभिनेत्रीले करण जौहर, स्वरा भास्कर, आलिया भट्ट, सोनाक्षी सिन्हा, तापसी पन्नुलगायत थुप्रै कलाकारलाई नातावादको आरोप लगाउँदै सुशान्त सिंह उनीहरूको सिकार भएको बताएकी थिइन् । अभिनेत्री कंगनाले यदी सुशान्त सिंह आत्महत्याको निष्पक्ष निर्णय नआएको खण्डमा सरकारले यसअघि आफूले गरेको सम्मान स्वरूपको पद्मश्री पुरस्कार भारत सरकारलाई नै फिर्ता गर्ने घोषणा गरेकी छन् । – एजेन्सी

Facebook Comments Box