नेपाली कांग्रेसले पूर्वमन्त्री जोशी सहित तीन नेतालाई पाँच वर्षका लागि पार्टीबाट निस्काशित

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गत निर्वाचनमा बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले विज्ञप्ति निकालेर जनाएको छ ।

त्यस्तै सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई चुनावमा हाउन भूमिका खेलेको आरोपमा पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरिएको कांग्रेसले जनाएको छ ।

त्यस्तै समितिले नेपाली कांग्रेस डडेलधुराका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि पार्टीबाट निस्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अनुशासन समितिले तीन जनाबाट प्राप्त प्रष्टिकरण चित्तबुझ्दो नभएकाले निस्काशन गर्ने निर्णय गरेको जनाएको छ ।  नागरिक

Facebook Comments Box