बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस ९कोभिड १९० नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाउदै आएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली दाजुभाई तथा दीदी बहिनीहरूमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको परराष्ट्र मन्त्रालय, प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय, क़तार सरकारको गृह मन्त्रालयद्वारा क़तार चारेटी मार्फ़त ३१ जुलाई २०२० का दिन २२५० श्रमिकहरुको खाद्यान्नको राहत प्याकेजको लागि कूपन प्राप्त गरिएको सम्पूर्ण सबैमा जानकारी गराऊछु।
यो राहत प्याकेज कुपन उपलब्ध गराऊने क़तार सरकारको गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा क़तार चारेटीका सम्पूर्ण पदाधिकारी हरूमा हार्दिक आभार प्रकट गर्दछु।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार