अबिरल बर्षाका कारण मेलम्चीमा गएको पहिराले आठ जना बेपत्ता

खवर पाटी (खोज खबरको अभियान)

सिन्धुपाल्चोक, साउन १९ । गएराती २.०० बजे गएको पहिराले मेलम्ची बजारका आठ जना बेपत्ता भएका छन् । अबिरल बर्षाका कारण मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजारमा पहिरो गएको हो ।
पहिरोको कारण मेलम्ची बजारमा निमार्ण हुदै गरेको कर्भडहलमा काम गर्ने मजदुर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बेपत्ताहरुको उद्धारकार्य जारी रहेको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरुले बेपत्ताको खोजी कार्य गरिरहेका छन् ।
त्यस्तै बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ ।

घट्टेखोलाको छयाप्लुङभीरमा पहिरो आउदाँ ५ घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिनुभयो । २० घर उच्च जोखिममा परेका छन् ।पहिरो लगातार खसिरहेको छ ।

Facebook Comments Box