कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

कुकुरले टोकेपछि अस्पताल आएका सर्लाहीका ४५ वर्षीय पुरुषको निधन भएको छ । उनी १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । शुक्रबार विहान पौने नौ बजे मृत्यु भएको थियो ।

पाठेघरको क्यान्सर र निमोनियाको विरामी रहेकी रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलाको पनि निधन भएको छ । उनलाई पनि १९ गते नै अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले राजधानीलाई जानकारी दिए ।

Facebook Comments Box