काठमाडौं । संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै बजारमा अझै कालोबजारी नरोकिएको पाइएको छ । जसका कारण दैनिक उपभोग्य हरियो तरकारी र चिनीमा कालोबजारी मौलाउँदै गएको छ ।
चाडवर्प नजिकिएसँगै कालोबजारी मौलाउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभाग बजार अनुगमनमा कडाइ गर्ने तयारीमा जुटेको छ । अनुगमन प्रभावकारी गर्न पर्याप्त जनशक्ति नहुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागलाई दुई उपसचिवसहित २० कर्मचारी पठाएको छ ।
मन्त्रालयले विभागलाई बजारमा प्रभावकारी अनुगमन गर्न थाप २० कर्मचारी पठाए पनि अनुगमन प्रभावकारी नहुनेमा सर्वसाधारण आशंकित छन्् । विभागले दैनिक बजार अनुगमन गर्दै आए पनि प्रभावकारी पाइएको छैन । बिचौलियबाट उभपोक्ता ठगिनेक्रम रोकिएको छैन ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम विभागले मापदण्डअनुसार व्यापार व्यवसायी व्यापारीलाई ठाउँको ठाउँ ५ हजार देखि ३ लाखसम्म जरिवाना गर्दै आएको छ । तर, उपभोक्ता ठगिनेक्रम रोकिएको छैन ।
बिचौलियाले विभिन्न बहाना बनाएर प्रतिकेजी हरियो तरकारीमा दुईदेखि तीन गुणाबढी र चिनीमा प्रतिकेजी १० देखि १७ रुपैयाँसम्म लिइरहेका छन् । बिचौलियाले विभिन्न बहानामा हरियो तरकारी, र चिनीमा गरेको कालोबजारी नियन्त्रण गर्न विभागले अनुगमन कडाइ गर्न अनुगमन टोली थप गरेको छ । यसअघि तीन टोलीले बजार अनुगमन गर्दै आएको थियो । अब बढाएर ६ वटा टोलीले बजार अनुगमन गर्ने भएको छ ।
विभाग प्रवक्ता रविन्द्र आचार्यका अनुसार दैनिक तीन अधिकृति र तीन नासु गरी ६ जनाको टोलीले बजार अनुगमन गर्दै आएकामा अब दुई उपसचिव, अधिकृत र नासुको २० जनाको टोलीले बजार अनुगमन गर्ने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपसचिव पृथराज तिवारी र सुर्यप्रसाद उपाध्याय बजार अनुगमनमा खटाएका छन् । मन्त्रालयबाटै तीन शाखा अधिकृत छन् ।
यसैगरी, बुधबारदेखि विभागले अनलाइनबाटै व्यवसायी दर्ता गर्नसक्ने व्यवस्था पनि मिलाएको छ । यसअघि, व्यापारीक फर्म दर्ता गर्न विभागमै आउनुपर्ने बाध्यता थियो । यो बाध्यता अब सधैंको लागि हटेको छ । राजधानी