लोकगायक प्रेमराजा र श्रीमती महत कोरोना भाइरसबाट संक्रमित

खवर पाटी (खोज खबरको अभियान)

डिसी। अमेरिका बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
लोकगायक महतले शुक्रबार दिउँसो करिब सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन ।

उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस श्रीमान श्रीमती दुवैजना कोरोना संक्रमित हुनबाट जोगिन नसकेको बताएका छन ।

उनले हाल आफ्नै घरको एउटा कोठामा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आइसोलेसनमा बसेको बताएका छन् ।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाले गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।

यसो गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

Facebook Comments Box