काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल बाट तयार गरिने जुसको नयाँ मापदण्ड निर्धारण गरेको छ । विभागले अन्तर्राष्ट्रिय मान्यताअनुसार फलफूलको गुणस्तर मापदण्ड तयार गरेको हो । खाद्य पदार्थको उपभोगबाट आमउपभोक्ताको मानव स्वास्थ्य रक्षा र खाद्य व्यापार व्यवसायमा सहजीकरण र स्वच्छ प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले जुसको नयाँ मापदण्ड निर्धारण गरेको विभागका प्रवक्ता महोन कृष्ण महर्जनले बताए ।
उनका अनुसार आमउपभोक्ताको स्वास्थ्य र सुविधा संरक्षण तथा खाद्य व्यवसायमा प्रभावकारी नियमन कार्यमा टेवा पु¥याउन बनाएको खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ बमोजिम जुसको नयाँ मापदण्ड निर्धारण गरेको हो । सरकारले प्रभावकारी समन्वय, खाद्य उद्योग तथा व्यवसायहरूको प्रतिस्पर्धा क्षमता अभिवृद्धि एवं खाद्य व्यापारमा सहजीकरण गर्दै खाद्य स्वच्छताको सुनिश्चितता र गुणस्तर मापदण्डहरूको निर्धारण गरी आमउपभोक्ताको हित संरक्षण गर्ने लक्ष्यअनुरूप खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि आवश्यक स्वच्छता तथा गुणस्तरका मापदण्ड अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मापदण्डसँग समतुल्य हुने किसिमले निर्धारण गरी लागू गर्ने गरेको छ ।
मापदण्डअनुसार फलफूलको जुसमा शतप्रतिशत फलफूलको रस हुनुपर्नेछ । फलफूलबाट निस्केको रस भन्दा बाहिरको पानी राख्न पाइनेछैन । तर, फलफूलको रसलाई बाक्लो तुल्याएर संरक्षण गरेको भए सो रसको कुल घुलनशील ठोस पदार्थ राख्न पाइने छ । अन्य संरचना तथा प्राकृतिक गुण समायोजित गर्न सो कन्सन्ट्रेटेड जुस बनाउँदा उडेको पानीको हिस्सालाई पुनः सम्मिलिन गरी तयार गर्न सकिने व्यवस्था छ ।
जसमा चिनी, ग्लुकोजलगायत अन्य पौष्टिक गुलिया पदार्थ, खाने, नुन एस्कर्विक एसिड, साइट्रिक एसिड तथा फलफूलसँग सम्बन्धित अन्य फुडग्रेड अर्गानिक एसिड नेपाल सरकारले तोकेको स्वीकृत खाद्य योगशील राख्न सकिनेछ । फलफूलको बोक्राबाट निकालिएको उडनशील तेल र बास्ना तथा फलफूलको उपभोग्य भागबाहेक अन्य तत्वरहित हुनुपर्ने मापदण्ड रहेको छ ।
थप गरिएको पौष्टिक गुलियो पदार्थको मात्रा १५ ग्राम प्रतिकेजी फलफूलको रसभन्दा बढी भएमा शतप्रतिशत फलरस मानिने छैन । त्यसलाई गुलियो तुल्याइएको फलफूलको रस भनेर लेबलमा उल्लेख गर्नुपर्नेछ । फलफूलको रसमा सम्बन्धित फलफूलको प्राकृतिक चारित्रिक गुण रंग बासना, स्वादलगायत भौतिक, रासायनिक तथा पौष्टिक गुण कायम रहेको हुनुपर्नेछ ।
सुन्तला, भइँकटहरलगायत रसदार गुलिया फलफूलमा रिफ्रयाक्टोमिटरबाट जाँच गर्दा कुल घुलनशील ठोस पदार्थ न्यूनतम २० डिग्री तामक्रममा १०.० हुनुपर्नेछ । अम्लता साइट्रिक एसिडको आधारमा ३.५ अधिकतम हुनुपर्ने छ । आँप, अम्बालगायत गुँदीदार फलफूलको जुसमा रिफ्रयाक्टोमिटरबाट जाँच गर्दा कुल घुलनशील ठोस पदार्थ न्यूनतम २० डिग्री तामक्रममा १५.० र अम्लता साइट्रिक एसिडको आधारमा ३.५ अधिकतम हुनुपर्नेछ ।
लेमन र लाइम जुुुसमा रिफ्रयाक्टोमिटरबाट जाँच गर्दा कुल घुलनशील ठोस पदार्थ न्यूनतम २० डिग्री तामक्रममा ७.५ र अम्लता साइट्रिक एसिडको आधारमा ४.० न्यूनतम हुनुपर्नेछ । रिजिड कन्टेनरको हकमा फलफूलको रसको न्यूनतम भाग बट्टामा अटाउने पानीको आयतनको ९० प्रतिशतभन्दा कम भएको हुनुहँुदैन । फलफूलको रसमा जीवनाशक विषादीलगायतका अवशेषको अधिकतम मात्रा मापदण्डअनुसार हुनुपर्नेछ ।
एकपटक उत्पादन भइसकेको फलफूलको रसलाई फेरि प्रशोधन गरी रस उत्पादन गर्न नपाइने पनि मापदण्ड राखिएको छ । कुल जीवाणु गणना १ हजार सीएसयू प्रतिमिलिटरभन्दा बढी हुनुहुँदैन । प्याकेजिङमा तथा लेबलिङमा फलफूलको रसको नामसहित ५० प्रतिशत तौल हुनुपर्नेछ ।
लेमन वा लाइमबाट बनेका पयेको हकमा फलरसको मात्रा न्यूनतम ५ प्रतिशत हुनुपर्नेछ । तर, अन्य फलफूलबाट बनेको पेयको हकमा फ्रुट जुस कन्टेन्ट न्यूनतम १० प्रतिशत हुनुपर्नेछ । फलफूलको नेक्टर वा ताजा स्वस्थ पोकेको तर फर्मेन्ट नभएको फलफूलको मात्र न्यूनमत ४० प्रतिशत तौल हुुनुपर्नेछ । र अन्य फलफूलबाट बनेका नेक्टरमा फलफूलको मात्रा न्यूनतम २० प्रतिशत हुनुपर्नेछ ।
रिफ्रयाक्टोमिटरबाट जाँच गर्दा कुल घुलनशील ठोस पदार्थ न्यूनतम १५ देखि २० डिग्री तापक्रम र साइट्रिक एसिडको आधारमा अम्लता अधिकतम १.५ र रिजिड कन्टेनरको हकमा नेक्टरको न्यूनतम बट्टामा अटाउने पानीको आयतनको ९० भन्दा कम गर्न पाइनेछैन ।