रुसले बनाएको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग बढ्यो

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ ।

रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन ।

ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन । दमित्रिवेका अनुसार केही मुलुकसंग सम्झौता पनि भैसकेको छ ।

अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे किरिल दमित्रिवेले भने, “हामी हाम्रा सहयोगी मुलुकहरुसंग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।”

भ्याक्सिनको अधिक भन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने क्रममा किरिलले, गुणस्तरीय र सुरक्षित भ्याक्सिन ‘स्पुतनिक भी’ लगाएर मानवीय जीवन बचाउन विश्व समुदायलाई आग्रह पनि गर्न भ्याए ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए अनुसार भ्याक्सिनको असर दुई बर्षसम्म रहनेछ । अर्थात खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिन्छ ।

रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाले बताए अनुसार यो भ्याक्सिन यहि महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ ।

‘स्पुतनिक भी’ भ्याक्सिनको विकास गर्ने गामालेया ईन्स्टिच्युटका निर्देशक प्रोफेसर एलेक्जेण्डर गिंट्सबर्गले भ्याक्सिनको परीक्षण आफैमा गरेको गत मे महिनामै जानकारी दिएको एनडी टिभी र अमर उजालाले बताएका छन ।

Facebook Comments Box