पाँचदिनमै नेकपाभित्रको सिनारियो फेरिने – प्रधानमन्त्री ओली (एपिवान टीभीको अन्तरर्वाता सहित)

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा देखिएको विवाद अबको पाँच दिनमै समाधान हुने बताएका छन् । एपिवान टेलिभिजनको कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको पाँचदिनमै नेकपाभित्रको सिनारियो फेरिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भोलिबाटै एक, दुई भन्दै काउन्टडाउन सुरु गर्नुस्, ५ दिनभित्र के हुन्छ नेकपाभित्रको सिनारियो । पाँच दिनमा फेरि मसँग बस्‍न आउनुस्, त्यसपछि अहिले भनिएका कुराको फेरि उत्तर दिउँला।’

प्रधानमन्त्री ओलीले पार्टी मिलाउने लाइनमै भएको बताउँदै कसैले पनि पार्टी फुटाउन नसक्ने बताए । उनले भने, ‘म पार्टी फुट्न दिने पक्षमा छैन, मिलाउने लाइनमै छु। केही नेताहरुले पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौ भनेछन्। तर म भन्छु पार्टी फुट्दैन र पार्टी कसैले फुटाउन सक्दैन ।’

पहिलो पटक ओलीले आधा आधा कार्यकालका लागि सहमति भएको स्वीकार गरेका छन् । उनले भने, ‘हिजो प्रचण्डजीसँग आधा आधा कार्यकालको सहमति थियो। तर पछि थप सहमति भएर सरकार पाँच वर्ष मैले नै चलाइरहेको छु। मेरो तर्फबाट कुनै प्रस्ताव भएको थिएन, प्रचण्डजीले नै नयाँ प्रस्ताव गर्नु भएको हो। पाँच वर्ष नै यो सरकार रहन जरूरी छ भनेर उहाँले नै भन्नु भएको हो ।’

Facebook Comments Box