पित्तललाई सुन बनाएर तस्करी गर्ने समूहका आरोपी इल्ताफ हुसेन अन्सारी पक्राउ

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौंमा फेला परेको पित्तललाई सुन बनाएर तस्करी समूहका आरोपी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । आज बिहान बाराको निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको अपराध शाखाको टोलीले फिल्मी शैलीमा इल्ताफलाई नियन्त्रणमा लिएको हो ।

ना ५६ प ७५१८ नम्बरको मोटरसाईकलको पछाडि बसेर यात्रा गरिरहेका अन्सारीलाई राजमार्गको निजगढ बसपार्क प्रतिक्षालय नजिकै सडकबाट करिब साढे ८ बजे सडकमा प्रहरीले पक्राउ गरेको हो ।

भारतीय नक्कली नोटको कारोवारी तथा अवैध सुनको ओसारपसारमा संलग्न अन्सारी लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । अन्सारी पछिल्लो पटक काठमाडौंमा १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका थिए ।

काठमाडौंको कमलपोखरीबाट अन्सारी बा ६ च १५११ नम्बरको स्कारपियो गाडीलाई प्रहरीले पच्छ्याएपछि सुनचाँदी भएको झोला फ्याँकेर स्कारपियो भागेको थियो ।

इलताफ २०६८ साल असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँका मुख्य कारोवारी पनि हुन । त्यसपछि फरार अन्सारीलाई सिआईवीले २०७२ साल जेठमा पक्राउ गरेपछि ३ वर्षपछि छुटेका थिए ।

उनी निकटता ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ नक्कली भारतीय नोटसहित पक्राउ परेका युनुस अन्सारीसित पनि रहेको प्रहरी दावी छ ।

Facebook Comments Box