बाढी पहिरोका कारण दर्जन बढी जलविद्युत् आयोजनामा क्षति

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बाढी पहिरोका कारण दर्जन बढी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बर्खा लागेसँगै सधै उच्च जोखिममा रहेको गरेको जलविद्युत् क्षेत्रमा यस वर्ष पनि जोखिम बढ्दै गएको हो । पछिल्लो जानकारीअनुसार १४ वटा जलविद्युत् आयोजनामा बाढी पहिरोले क्षति पु¥याएर विद्युत् उत्पादन ठप्प रहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविन अर्यालका अनुसार हालसम्म माथिल्लो त्रिशुली थ्री ‘ए’को ३० मेगावाटको एउटा युनिटलगायत आठवटा आयोजनाको विद्युत् उत्पादन प्रभावित बनेको छ । भने निजी क्षेत्रबाट प्राप्त जानकारीअनुसार थप ६ वटा आयोजनासमेत प्रभावित बनेका छन् ।

टरबाईन जोगाई राख्न पनि अल्पकालका लागि युनिट सटडाउन गर्ने गरेको भएपनि हाल बन्द रहेका आयोजना भने बाढीले क्षति पु-याएकै कारण बन्द

प्रवक्ता अधिकारीले भने हामीलाई जानकारी भएअनुसार बाढी पहिरो कै कारण झिरुकको ४ मेगावाट, मैलुङ खोला र अपर हेवा पूर्णरूपमा विद्युत् उत्पादन बन्द रहेको छ । काबेली‘बी’ १ को १२ दशमलव ५ मेगावाटको एउटा युनिट बन्द रहेको छ । ३० मेगावाटको चमेलिया, साढे सात मेगावाटको इन्द्रावती, ७ दशमलव ५ मेगावाटको मैलुङ खोला र नौगाड जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प रहेको अधिकारीले बताए । उनले भने, ‘सोमबार विहानसम्ममा दमकदेखि थापाटार १ सय ३२ केभी प्रसारण लाइनको एउटा टावरमा क्षति पुगेका कारण त्यस क्षेत्रमा उत्पादित विद्युत्समेत प्रभावित बनेको थियो । तर, अहिले त्यो सञ्चालनमा आइसकेको छ ।’

विद्युत्लाई अत्यावश्यक सुविधामा राखेका कारण अहिले क्षतिग्रस्त आयोजनामा स्थानीयको समन्वयमा पुनर्निर्माण गर्न काम जारी रहेको मन्त्रालयले जनाएको छ । कतिपय आयोजनामा भने बाढी बढी आयो भने टरबाईन जोगाई राख्न पनि अल्पकालका लागि युनिट सटडाउन गर्ने गरेको भएपनि हाल बन्द रहेका आयोजना भने बाढीले क्षति पु¥याएकै कारण बन्द रहेको प्रवक्ता अधिकारीले बताए । भौतिक संरचनाको क्षति र विद्युत् उत्पादन मात्रै नभएर आर्थिक क्षति कति भयो भन्ने भन्नेमा मन्त्रालयले अध्ययन गर्न बाँकी नै रहेको उनले बताए ।

त्यस्तै, हाल २ मेगावाटको झयाडी खोला, ३ मेगावाट भैरवकुण्ड, १ दशमलव ६ मेगावाट थोप्पल खोला र १५ सय किलोवाटको ठेउले खोलासमेत ७ सय ५० किलोवाट मात्रै सञ्चालन भइरहेको रुग्ण जलविद्युत् आयोजनाका संयोजक एवं बाराही हाइड्रोपावरका अध्यक्ष सूर्यप्रसाद अधिकारीले बताए । उनले भने, ‘बाढीका कारण क्षति पुगेको आयोजनामा विद्युत् उत्पादनको हिसाबले मासिक १० करोड घाटा भइरहेको छ, प्रसारण लाइनको कारणले बर्खाको तीन महिनाको अवधिमा करिब २ अर्बको विद्युत् खेर गइरहेको छ ।’ ठाउँठाउँमा पहिरो गएका कारण बाटोघाटोको समस्या र स्पेयरपार्ट बाहिरबाट ल्याउनुपर्ने हुँदा तत्काल आयोजनाबाट विद्युत् उत्पादन हुने अवस्था नरहेको अधिकारीले बताए ।

बाढी पहिरोकै कारणले १० मेगावाटको सिप्रिङ जलविद्युत् आयोजना र १३ दशमलव ६ मेगावाटको थापा खोला उत्पादन बन्द रहेको छ । थापाखोलाको भने प्रसारण लाइनमा पहिरो गएर कारण निकै कम क्यापासिटी आयोजना सञ्चालन गर्नुपरेको छ ।

Facebook Comments Box