तीजको सम्झनाले मन्दिरालाई लौ न बोलायो

खवर पाटी (खोज खबरको अभियान)
नेपाल विश्वभर कला र सस्कृतिको धनी राष्ट्रको नामले पहिचान पाउन सफल भएको छ । विभिन्न सस्कृतिको जगेर्ना गर्दै , हिन्दु महिलाहरुको महान पर्व “तीज” हर्स उल्लासका साथ मनाउन तैयारीका साथ सांगितिक क्षेत्रमा लामो समय देखि सक्रिय रहेकी मन्दिराले यहि मौकामा आफनो प्रतिभा देखाउंदै कम्मर भाँचिन्छ नामक गीती भिडियो बजारमा सार्वजनीक गरिएको छ ।
यो भन्दा अगाडी चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरिरहेकी मन्दिराको आफ्नै स्वरमा रेकर्ड भएको यो उनको पहिलो गीत हो ।
मन्दिरा शर्माको स्वरवद्ध उक्त गीतमा शव्द शकंर अधिकारी घायलको रहेको छ भने भिडियोको सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ । त्यस्तै कैयन गीतमा सगींत भरेका मनोज मालेको कर्ण प्रिय सगींत र एरेन्ज भएकोले यस पालीको तीजमा यहि गीत सुन्दै सुरक्षित भई तीज मनाउन गायीका मन्दिराले भनेकी छिन् ।
कोचे नेपाल युट्युब च्यानल मार्फत विश्व बजारमा सार्वजनिक हुने यस गीतको अडियो तथा भिडियोको बजार व्यवस्थापन कोचे मल्टिमिडिया प्रा. लि. ले गरेको छ । 
                 https://youtu.be/IX83OyZrA6Y
Facebook Comments Box