न्युजर्सीमा पहिलो “नेपाल डे” हुदै

प्रवास समाचार सम्पादकीय

कामदार दैनिक

न्युजर्सी ।

न्युजर्सीको ईतिहासमा पहिलो पटक “नेपाल डे” हुने भएको छ ।आगामी मे ३१, २०२५ का दिन न्युजर्सिको ईतिहासमै पहिलो पटक “नेपाल डे” हुन लागिएको हो । गत शनिबार “नेपाल डे”को सम्पन्न पहिलो आयोजक समितीको बैठकबाट कार्य समिती गठन गरिएको हो । एनआरएन अभियानकर्ता तथा सामाजिक अभियन्ता द्वय संजिब श्रेष्ठ, सतेन्द्र साह र राजेन्द्र श्रेष्ठको संयुक्त संयोजन र बिशेष पहलमा न्युजर्सीको फेयरलनमा पहिलो पटक “नेपाल डे” हुन लागिएको हो ।

नेपाली पहिचानको स्थायित्वकरणको निमित्त प्रवास भुमीमा हुन लागिएको यस् बिशेष अभियानको अध्यक्ष राजेन्द्र श्रेष्ठ, कन्भेनर सतेन्द्र साह, को-कन्भेनर न्युजर्सीमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधीहरु, ब्यवस्थापन तथा स्वागत समिती फेयरलेन नेपाली समाज, आर्थिक संयोजक कृ्ष्ण अधिकारी, कार्यक्रम ब्यवस्थापक भिमसेन खड्का, स्वयंसेवक संयोजक समिर कॅुवर लाई आयोजक समितीको बिबिध उत्तरदायित्व सहित गठन गरिएको हो ।

नेपाल पहिचानको स्थायित्वकरण हुने बिशेष कार्यक्रममा नेपालको कला, संस्कृती, भाषा, भेशभुषाको परिचित स्टल प्रदर्शनी, खानाको प्रदर्शनी र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । कार्यक्रम फेयरलन सिटीको कार्यालयको प्रमुख आयोजना र न्युजर्सीमा रहेको नेपाली संघ संस्थाहरुको आयोजनामा हुन लागिएको हो ।

 

Facebook Comments Box