काठमाडौँ । ग्लोबल इलेक्ट्रोनिक्स ब्रान्ड एंकर र साउन्डकोरका नेपालस्थित आधिकारिक वितरक सेलुसिटी इन्टरनेशनल प्रालिले सञ्चालन गरेको ‘पावर हंगामा २०२४’ अभियानका भाग्यशाली विजेताहरूलाई आकर्षक पुरस्कार वितरण गरेको छ ।
काठमाडौँस्थित एक बुटिक होटलमा आयोजित विशेष समारोहमा देशभरका खुद्रा विक्रेता, आधिकारिक वितरक, सरोकारवाला तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थितिमा विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिएको हा े।
कम्पनीका अनुसार अभियान अवधिभर एंकर र साउन्डकोरका आधिकारिक उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत विजेताहरू छनोट गरिएको थियो । सोही अनुसार एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप चारपाङ्ग्रे ‘डोडफेड बक्स कार’ प्राप्त गरेका छन् । त्यसैगरी दुई जना विजेतालाई रोयल इनफिल्ड ३५० सीसी बुलेट मोटरसाइकल, दुई जनालाई विदेश भ्रमण प्याकेज, दुई जनालाई वासिङ मेसिन तथा तीन जना विजेतालाई सुनको सिक्का प्रदान गरिएको कम्पनीले जनाएको छ ।
उपभोक्तालाई उच्च गुणस्तरीय उत्पादनसँगै विशेष तथा अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त योजना दुई चरणमा सम्पन्न भएको थियो।
