“सगरमाथा अन्तराष्ट्रीय कराते सम्पन्न,नेपालको नक्साल डोजो टिम च्याम्पियन”

खेलकुद

काठमाण्डौ,५ जेठ सोमवार,
राष्ट्रिय खेलकुद परिषदको स्वीकृती तथा नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार शाखा डोजो नक्सालको २६ ओै बार्षिक उत्सवको अवशरमा आयोजित,११ओै सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३५ स्वर्ण सहित नेपाल टिम प्रथम भएको छ ।

नेपालको तर्फवाट सहभागी डोजो मध्ये सर्वाधिक ६ स्वर्ण ४ रजत पदक सहित आयोजक नक्साल डोजो टिम च्याम्पियनको उपाधि चुम्न सफल भयो । त्यसैगरी १४ स्वर्ण २३ रजत र ४४ कास्य सहित भारत टिम दोश्रो भयो भने,१ स्वर्ण १ रजत २ कास्य सहित वंगलादेश टिम तेश्रो र १ स्वर्ण पदक सहित कतारले चौथो स्थानमा चित्त वुझायो । नुवाकोट कराते टिम उत्कृष्ठ अनुशासित टिम भए भने,न्युटन स्कुलले उत्कृष्ठ मार्चपासको उपाधि चुम्न सफल भए ।

विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग,नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम नेपाल कराते महासंघका महासचिव दावा गुरुङग,प्रतियोगिता संयोजक एवम नक्साल डोजोका अध्यक्ष गजेन्द्रवहादुर खपाङ्गी ‘ईश्वर’ कराते महासंघका सल्लाहकार निवाश गोपाल बैध,विदेशी अतिथिहरु मिरजा ग्रान्सफर अली वेग,शोके सैयद,रमेश भडाङ्गे,जितेन्द्र यादव,ईन्जिनियर राहुल श्रीवास्तव,अमे लस्करी,उमेश नायडु,अजय सैनी,मोहम्मद ओैराङ्गेवाज लगायतले एक विशेष समारोह विच पुरस्कार वितरण गर्नुभयो ।

“सवैका निम्ति,समान खेलकुद”भन्ने मुल नारा सहित आयोजना गरेको नेपाल सहित भारत,बंगलादेश,कतार सहभागि रहेको उक्त प्रतियोगिताको पूर्ब अर्थमन्त्री एवम नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का उपमहासचिव वर्षमान पुन’अनन्त’ले एक बिशेष कार्यक्रम बिच शनिवार उदघाटन गर्नुभएको थियो ।

 

Facebook Comments Box