पाल्पामा उत्पादित अदुवा यूरोपीयन मुलकहरुमा निर्यात हुन थाल्यो

कृषि क्षेत्र

पाल्पामा उत्पादित अदुवा यूरोपीयन मुलकहरुमा निर्यात हुन थाल्यो,पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा उत्पादन भएको प्रशोदित अदुवा यूरोपीयन मुलकहरु जर्मन र न्यूजिल्याण्ड निर्यात हुन थालेको छ । निस्दी– ५ गल्धामा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्ष मात्र चार टन अदुवा यूरोपका देश पठाउन सफल हो ।

पाल्पामा उत्पादीत प्रशोधित अदुवा यूरोपियन देशहरु जर्मन र न्यूजरलन्ण्ड निर्यात हुन थालेसँगै अदुवा खेति गर्ने कृषहरु उत्साहित बनेका छन् । गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले अदुवालाई आर्गानिक प्रमाणित गराएर प्रशोधन गरी एकोस्टा नेपालसँगको साझेदारीमा जर्मनी र न्यूजरल्नण्ड पठाएको हो ।

aduwa palpa

सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा प्राप्त अत्याधुनिक मेसिन मार्फत अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने मेसिनबाट २८ हजार केजी अदुवा प्रशोधन गरी प्रति केजी सात सय ५० रुपैयाँका दरले चार हजार ४६० केजी जर्मनी निर्यात गरिएको सहकारीका व्यवस्थापक दिलमाया सारुले बताउनुभयो ।

सहकारीले ३९ लाख ७६ हजार ९५३ रुपैयाँको लागतमा गत वर्ष ३९ हजार ८८५ केजी अदुवा खरिद गरेको थियो । २८ हजार केजी प्रशोधन गरेर र अन्य बाँकी काँचो अदुवा ४७ लाख ६८ हजार ३३३ रुपैयाँ विक्री गरेको छ ।

यस वर्ष बजार माग अनुसार सहकारीले प्रशोधित अदुवा १० हजार केजी र काँचो अदुवा २० हजार केजी विदेश पठाउने लक्ष्य लिएको सहकारीले जनाएको छ ।

बाइट दिलमाया सारु व्यवस्थापक गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था निस्दी( ५ पाल्पा ।

सहकारीले काँचो अदुवा विदेश पठाउनका लागि यस वर्ष हेफर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको सहजीकरणमा ४२ रोपनीमा थप अदुवा खेति विस्तार गरिएको थियो ।

सहकारीले आर्थिक वर्ष २०७८०७९ मा ५३२ केजी प्रशोधित अदुवा अन्नपूर्ण सप्लायर्स कपिलवस्तु मार्फत बजारमा पठाएको हो भने आर्थिक वर्ष २०७९०८० मा आर्गानिक प्रमाणित गरेर ८ सय ५ केजी नमुना परीक्षणका लागि युरोप पठाएको थियो ।

लुम्बिनी प्रदेश सरकार, संघीय र स्थानीय तहका साथै हेफर नेपालको सहयोगमा सहकारीमा प्रशोधन उद्योगका लागि झन्डै ८० लाख खर्च भइसकेको छ ।

Facebook Comments Box