मधेशको समृद्धिका लागि पर्यटन प्रवर्द्धनको महत्वका ’boutमा सरकारी पक्षभन्दा नीजि क्षेत्रका संघ संस्था तथा सरोकारवाला बढी सकृय देखिएका छन् । ‘माल पाएर चाल पाएपो हुन्छ’ भनेझैं ‘मधेशका पर्यटकीयस्थलको अझै ठोस पहिचान हुन नसक्नु र चर्चामा रहेका पर्यटर्कीस्थलको पनि प्रवद्र्धनमा राज्यपक्षबाट ठोस नीति तथा कार्यान्वयमा उदाशिनता देखिनु सरकारका कमजोरी रहेको पाइएको हो ।
नाम चलेका र पर्यटक लोभ्याइरहेका पर्यटकीयस्थलहरुको पनि प्रवर्द्धनमा उचित बजेट विनियोजन नगरी राजनीतिक रंगका आधारमा समेत पर्यटनमैत्री व्यवहार नदेखाउनु प्रदेश सरकार लगायत यहाँका सरकारहरुको कार्य दुःखद् रहेको पर्यटन व्यवसायीहरुको गुनासो छ । नीजि क्षेत्रका सरोकारवाला संस्था र व्यक्ति तथा निकायहरुले मधेशको समृद्धिको मुख्य आधार मध्ये पर्यटन पनि बिशेष रहेको बताउँदै आएका छन् । पछिल्लो समय मधेशका सरकारहरुलाई समेत नेपाल टुर्स तथा ट्राभल्स एजेन्स (नाटा) र होटल तथा पर्यटन व्यवासायी महासंघ जस्ता संस्थाहरुले यहाँका सरकारहरुले गर्ने भन्दा भव्य कार्यक्रम गर्दै सरकारी संयन्त्रलाई पर्यटन प्रवद्र्धनमा जाग्न गतिलो दवाव दिइरहेका छन् ।
दुई दिन अगाडी पनि नेपाल टुर्स तथा ट्राभल्स एजेन्स (नाटा) मधेश प्रदेशले ‘मधेश पर्यटन सम्मेलन’को दुईदिने कार्यक्रम जनकपुरमा सुरु गरी वीरगन्जमा ल्याई समापन गर्दै ठूलो सन्देश दिएको छ । मधेशको समृद्धिमा पर्यटन प्रवद्र्धन पनि महत्वपूर्ण सूचक रहेको निष्कर्ष सहित नाटाले भारतका पनि ४०–५० जना पर्यटन व्यवसायीहरु सम्मिलित गराएर सम्मेलन गरेको छ । यसको अगुवाई नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले गरेका हुन् ।
कार्यक्रम समापनका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख हिकमत सिंह ऐर सहित चुरे संरक्षण अभियान र खेलकुद क्षेत्रका संरक्षक अभियन्ता युवराज लामा सहित वीरगन्ज महानगरका महानगर प्रमुख राजशमान सिंह, नेपाल उद्योग बाणिज्य महासंघ मधेशका अध्यक्ष अशोक टेवानी, वीरगन्जका उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतका प्रबुद्ध व्यक्तिहरुको जमघट गराई प्यानल डिस्कस समेत गराएर सरोकारवालाहरुलाई पर्यटन प्रवद्र्धन जुट्न दवावमूलक अभिभारा दिएको छ ।
गएको १५ दिन अगाडी पनि मधेश भरी नै सचेतना जगाउने अभिप्रायले प्रर्यटन प्रवर्द्धन गर्न ‘घुमौं मधेश, बुझौं मधेश’ भन्ने नारा सहित जम्बो कार्य समितिको टोली लिएर होटल तथा पर्यटन प्रवर्द्धन महासंघले प्रदेशका ८ जिल्ला नै घुम्ने र सचेतना जगाउँने गर्दै यहाँका सरकारहरुलाई पनि सजग गराएको थियो । त्यसको ठिक १६ दिन कट्न नपाउँदै नाटाले पनि मधेशका पर्यटकीयस्थलहरुको पहिचान र प्रवद्र्धन गर्न यहाँका सरकार प्रमुख र स्थायी सत्ताका प्रमुख तथा प्रतिनिधिहरुलाई जवाफदेही बन्न अर्को दवावको कार्यक्रम गरेको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज, भगवान श्रीरामको ऐतिहासिकतासँग जोडिएको पर्साको ठोरी, वीरगन्जको गहवामाई, धनुषाको जानकी, सप्तरीको छिन्नमस्ता माईलगायत यो प्रदेशका धेरै ऐतिहासिक पर्यटकीयस्थलहरुको प्रचार सहित पर्यटक अकर्षण गर्न सरकारी सकृयताको खाँचो खोजिदै गरिएको छ ।
उक्त दुवै कार्यक्रमले आन्तरिक र वाह्य पर्यटक सहित मधेशका महत्वपूर्ण पर्यटकीयस्थलहरुको अवलोकन र भ्रमण सहित प्रयोगात्मक अग्रसरता आफैमा नमूना कार्य भएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका निवर्तमान उपाध्यक्ष युवराज खड्काले बताए । यस्ता कार्यले यहाँका सरकारहरुलाई पनि आ–आफ्ना क्षेत्रबाट पर्यटन प्रवद्र्धनमा लाग्नै चेतावनी दिएको उनको भनाइ छ ।
एक वर्षमा ३ लाख ३६ हजारभन्दा बढि भारतीय पर्यटक नेपाल भित्रिएको मधेश प्रदेशमा पर्यटकीय स्थल पहिचान, प्रवद्र्धन गर्न धार्मिक, सांस्कृतिक, प्राकृतिक र यहाँ हेर्न पाइने बन्यजन्तुहरु जस्ता कुराको मार्केटिङ गर्न चुक्न नहुने कलाकार, खेलप्रमी र पर्यटन प्रवर्द्धनका कुशल अभियन्ता युवराज लामाले पनि बताए ।
भारतीय पर्यटकलाई फोकस गरी मधेश प्रदेशमा पर्यटकलाई आकर्षित गर्न सक्नु पर्ने उनको सुझाव छ । यो ठाउँमा कुनकुन कुरालाई बढि केन्द्रमा राखेर पर्यटकलाई लोभ्याउन सकिन्छ भन्ने निक्र्योल गरिनु पर्ने उनको तर्क छ । भारतको युपी बिहार राज्यलाई लक्षित गरी विवाहको राम्रो प्याकेजहरु समेत ल्याएर पर्यटक तान्ने नयाँ अवधारण ल्याउन पर्ने उनले उदाहरण समेत दिए ।
नाटाका मधेश प्रदेश अध्यक्ष शर्माले पनि होटल तथा पर्यटन व्यवसायी, मधेशका सरकारहरु र सरोकारवाला तथा सुरक्षा संयन्त्र तथा सर्वसाधारण र यातायात व्यवसायीलगायतको सहकार्यात्मक समन्वयले मात्र पर्यटक (पाहुना) लाई आकर्षित गर्न सकिनेमा उनले जोड दिए । वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंह र ठोरी गाउँपालिकाका अध्यष लालबहादुर श्रेष्ठले पनि आफू माथिका सरकारको सहयोग खासै नपाएको दावी गरेका छन् ।
मधेश प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक नै पर्साको ठोरीमा बसेर यो ठाउँमा पर्यटन प्रवद्र्धन गर्न १० करोड बजेट विनियोजन गर्ने भनिएको कुरा पनि झुटको पुलिन्दा मात्र भएकोले पर्यटकलाई आकर्षण थप्न कठिन भएको ठोरीका अध्यक्ष श्रेष्ठको तर्क छ । । वीरगन्जका मेयर सिंहले पनि वीरगन्जमा रहेको गहवामाई माताका सात दिदीबहिनी देवीहरुको दर्शन लगायत धार्मिक पर्यटकको आकर्षणका धेरै केन्द्र मधेशमा रहेको भन्दै यसको प्रवद्र्धनमा सबैको साथ चाहिने बताएका छन् ।
