काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन् । आज बिहान आफ्नो निवासमा भेट्न आएका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले सो सुझाव दिएका हुन् ।
‘सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्’ देउवाको भनाइ उद्धृत गर्दै उनको सचिवालय सदस्यले भने । संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको जानकारी गराएका थिए । खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।
Facebook Comments Box
