हामीले निर्वाचनलाई आन्दोलनका रुपमा प्रयोग गरिरहेका छौं – रामबहादुर

अन्तर्वार्ता राजनीति लेख/विचार

हामीले निर्वाचनलाई आन्दोलनका रुपमा प्रयोग गरिरहेका छौं
रामबहादुर थोकर

प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, मकवानपुर–२

रामबहादुर थोकर राष्ट्रिय राजनीतिमा चर्चित एवं चिरपरिचित नाम हो । उहाँलाई मकवानपुरका जनताले इमान्दार, कर्मठ र विकासिल नेताको रुपमा लिने गर्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बनाएको छ । थोकर जस्तो बोल्नु हुन्छ, उस्तै गर्नु हुन्छ । उहाँ राप्रपाको केन्द्रीय सदस्य तथा केन्द्रीय जनजाती विभागको केन्द्रीय सदस्य सचिव हुनुहुन्छ । विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्य गर्दै आउनु भएका थोकरलाई मकवानपुरका स्थानीय वासिन्दाले आÇनो मान्छे ठान्ने गर्छन । उहाँ राप्रपामा स्थापना कालदेखि सव्रिmय रहनु भएकोछ । उहाँ राप्रपा मकवानपुर क्षेत्र नं. २ को केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । आफु जित्छु र राप्रपाको एजेण्डा स्थापित गर्छु भनेर विश्वासका साथ सव्रिmय रहनु भएका राप्रपा उम्मेदवार रामबहादुर थोकरसँग गरिएको कुराकानीः
तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बन्नु भएको छ, कस्तो लागि रहेको छ ?
देशको फरक धारको नेतृत्व गरिरहेको, आÇनै वेग्लै एजेण्डा भएको पार्टी राप्रपा हो । संवैधानिक राजसंस्था र हिन्दु राज्यको पक्षमा राप्रपा अनवरत रुपमा लागि रहेको छ, संघर्ष गरिरहेको छ । हो, यहि संवैधानिक राजसंस्था र हिन्दु राज्यलाई पुनरवहाली गर्न म यस क्षेत्रबाट उठेको छु । राप्रपाबाट उम्मेदवार हुन पाउँदा म हर्षित र उत्साहित भएको छु । यो राप्रपाले जित्ने क्षेत्रको रुपमा स्थानीय वासिन्दाले मुल्याङ्गन गर्नु भएको छ । यस क्षेत्रमा मेरो वेग्लै परिचय पनि छ । यस क्षेत्रमा मैले सके जति सामाजिक काम पनि गर्दै आएको छु । जनताले यस क्षेत्रमा उठिदिनु प¥यो भनेर आग्रह गर्नु भएको थियो । मैले जनताको सेवा गर्न उठेको हुँ । म राप्रपा भए पनि सबै जनतालाई समान व्यवहार गर्दै आएको छु । सरसर्ती भन्नु पर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत वढ्दै गएको छ । त्यसैले मैले यहाँ जित्ने आधार देखेको छु । म जिते पछि सबै मतदाताको मतलाई सधै सम्मान गरेर अघि बढ्ने छु ।
यस क्षेत्रमा राप्रपाको सङ्गठन खस्कियो भनिन्छ नि ?
राप्रपालाई होच्याउनलाई यस क्षेत्रमा राप्रपाको सङ्गठन खस्केको भने होलान् । तर राप्रपाका एजेण्डामा, राप्रपा पार्टीमा मत बढ्दै गएको छ । जनताले यस पटक रामबहादुर थोकरलाई जिताउछु भनिरहेको अवस्था छ । मकवानपुर – २ मा मात्र हैन देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपाको सङ्गठन सतप्रतिशतले बढि रहेको छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने बेला आएको छ । अहिले हामीलाई जनताले नजिताए कहिले जिताउने ? राप्रपा देशै भरको फरक धारको नेतृत्व गरिरहेको पार्टी हो । यो क्षेत्र पनि राप्रपाले जित्ने क्षेत्र हो । म आम मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी हाम्रो एजेण्डामा मत मागिरहेका छौं ।
जनताले यस पटक राप्रपालाई नै किन जिताउने ?
राप्रपा सबै भन्दा पहिला भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारन गर्न राप्रपाले जित्नै पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हाम्रो मत बढ्दै छ । हामी जित्दै छौं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउँदै छन् । यस पटकको निर्वाचनमा भ्रष्टाचारी विरोधीले जित्दैछौ, यस पटक विकासवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौं, यस पटक हिन्दुवादीले जित्दैछौ । हाम्रा एजेण्डा स्पष्ट छ, हामी वर्तमान व्यवस्थामा फेरवदल चाहान्छौं । संवैधानिक राजसंस्था र हिन्दु राज्य स्थापना गर्नु हाम्रो वटमलाइन हो । हामी निर्वाचनलाई आन्दोलनको रुपमा प्रयोग गरिरहेका छौ । संसदबाटै हिन्दुराज्य र संवैधानिक राजसंस्था स्थापित हुनेछ भनेर विश्वास लिएका छौं ।
देशव्यापी फैलिरहेको भ्रष्टाचारबारे के भन्नु हुन्छ ?
देशभर भ्रष्टाचार भइरहेको छ, ठुला दलका नेताले भ्रष्टाचारको काण्डै काण्ड घटाएका छन् । तर निर्वाचनमा जाँदा आफुले गरेको भ्रष्टाचार ढाकटोप गर्न खोजिरहेका छन् । त्यसैले राप्रपाले ठुला दलले गरेका भ्रष्टाचारका काण्डहरु पर्दाफास गरिरहेको छ । त्यसैले राप्रपा सत्तामा नपुगि भ्रष्टाचार निवारण हुनेवाला छैन । ठुला दलका नेताका भ्रष्टाचारको काण्डले राजनीति घेरिएको देखिन्छ । तर अब ठुला दलका बनावटी कुराले जनताले पत्याउनेवाला छैनन् । भ्रष्टाचार निवारण नगरि देश विकास र समृद्धि नहुने भएकाले राप्रपाले सधै भ्रष्टाचारको विरोध गरिरहेको सबैलाई विविदै भएको कुरा हो ।
यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो दोस्रो हुने उद्देश्यका साथ मैदानमा छौ । हलोप्रति जनताको अगाध आस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यो निर्वाचनलाई हामीले आन्दोलनकै रुपमा लिएका छौ । यहि निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।

राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउँला नि ?
राजावादी र हिन्दुवादीके पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौं । हाम्रो पहिलो भरोसा हिन्दु नै हुन । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ ।
अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला, राजावादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला । म यो क्षेत्रलाई राप्रपाको किल्लाको रुपमा स्थापित गर्न चाहान्छु । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ र सहयोग गरिदिनु होला । यो मौका हो, अवसर हो, राप्रपालाई जिताउनु होला ।

Facebook Comments Box