आबुधाबी । युएईको आबु्धाबीमा सम्पन्न ओपन मास्टर्स गेम २०२६मा नेपालका कराते खेलाडि लक्ष्मण थापा मगरले स्वर्ण पदक जित्न सफल भएका छन् । उनले ३५ वर्ष उमेर समूहको ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्दै नेपाललाई स्वर्ण पदक दिलाउन समफल भएको युएईमै रहेका थापामगरका कोच एवं कराते प्रशिक्षक राजेश लामाले जानकारी दिनुभयो । विश्वका ९० भन्दा बढी देशहरुले सहभागीता जनाएका उक्त प्रतियोगितामा १ सय ४५ नेपाली खेलाडिहरुले सहभागीता जनाएका थिए । यो प्रतियोगिता मध्यपूर्व क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रियरुपमा आयोजना गरिएको मल्टि स्पोर्टस् इभेन्ट हो ।
Facebook Comments Box
