नु्वाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसद्वारा निरन्तर प्रकाशन हुँदै अएको जर्नलको नयाँ अंक सार्वजनिक गरिएको छ । क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्व विद्यलायका पूर्व सहायक डीन सहप्राध्यापक डा. विष्णु खनालले जर्नल सार्वजनिक गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. खनालले जर्नल प्रकाशनले क्याम्पसको गरिमा बढ्ने बताउनु भयो । उहाँले जर्नललमा सबै विषयका विषयवस्तुलाई समेट्न सके उपलब्धिमूलक बन्ने उल्लेख गर्नुभयो । उक्त जर्नल भाग ६ हो भने पृष्ठ २ सय १४ रहेको छ । पियर रिभ्यु जनरल नेपजोनमा दर्ता भएको छ । जर्नल लगइनको माध्यमबाट पनि हेर्न सकिन्छ । यस अंकमा डा. कान्छी महर्जन, प्रा.डा. नारायणप्रसाद बेल्वासे, अम्बिका सापकोटा, माधवप्रसा नेपाल, वर्षा लामिछाने, रितु लामिछाने, घनश्याम शर्मा, ममता शर्मा, शुकमान डंगोल, नारायणमान डंगोल, चक्रबहादुर कार्की, नोलुकुमारी क्षेत्री, प्रकाश राई, पूर्णबहादुर सञ्जेल, धर्मजंग थापा, पुरुषोत्तम अर्याल, रविराज पुरी, शिला लामा, डा. श्रीराम खनाल, सोमप्रसाद निरौला र सरोज बोगटीका अनुसन्धानात्मक लेख रचनाहरु समावेश गरिएका छन् । उक्त जर्नल वर्षको एक पटक प्रकाशित हुँदै आएकोमा अवदेखि अर्धवार्षिक रुपमा वर्षको दुईपटक प्रकाशन गरिने क्याम्पस प्रमुख गोविन्द प्रसाद लिम्बुले जानकारी दिनुभयो । जर्नलका सम्पादक सह प्राध्यापक शुकमान डंगोल हुनुहुन्छ भने प्रमुख सल्लाहकार क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ रहनुभएको छ ।
Facebook Comments Box
