हुम्लामा नेपाली भूमि चीनले मिचेरको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण

खवर पाटी (खोज खबरको अभियान)

असोज ७ काठमाडौँ । केही दिन यता सञ्चार माध्यममा हुम्लामा चीनले नेपाली भूमिमा भवनहरु बनाएको भनेर समाचार आईरहेका बेला सरकारले चीनले नेपाली भूमि नमिचेको स्पष्ट पारेको छ । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको स्पष्ट पारे ।
आज मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएको प्रति ध्यानाकर्षण जनाउदै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उक्त क्षेत्रमा चीनले सीमाभन्दा १ किलोमिटर टाढा चिनियाँ भूमिमा संरचना निर्माण गरेको पनि मन्त्री ज्ञवालीको स्पष्टोक्ती थियो । ुयस्तैखालका समाचार सम्प्रेषण २०७३ सालमा पनि भएको रहेछ । त्यतिबेला अन्तरमन्त्रालय छानबिन समिति खडा गरेर त्यसले स्थलगत अध्ययन गरेर आएको प्रतिवेदनमा एक किलोमिटर चिनियाँ भूभागमा संरचना बनाएको पाइएको रहेछ,ु उनको भनाइ थियो ।
नेपाल र चीनबीच सीमा समस्या नरहेको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले काँही कतै समस्या भए पनि समाधान गर्ने संयन्त्र रहेको बताए ।
ुउनले दुई देशको सीमाको समाचारलाई पुष्टी गरेर मात्र सम्प्रेषण गर्न सञ्चार माध्यमलाई आग्रह गरे । आगामी दिनमा पनि निरन्तर कूटनीतिक माध्यमबाट चीनसँगको सम्बन्ध अगाडि बढाइने उनको भनाइ थियो ।

यस अघि चीनीया राजदुतावासले पनि विज्ञप्ति जारी गरी समाचारको खण्डन गर्दै सीमा समस्या भए नेपालले पुनः प्रमाणित गर्न सक्ने बताएको थियो ।

Facebook Comments Box