सरकारले कुनै अग्रसरता नदेखाएका बेला व्यापारीहरुले रुसी भ्याक्सिन स्पुतनिक भी ल्याउने सम्झौता

खवर पाटी (खोज खबरको अभियान)

असोज १४ काठमाण्डौं । कोरोना महामारी फैलन शुरु भएको ११ महिना वित्दा धेरै प्रभावित देशहरुले विश्व बजारमा प्रतिस्पर्धा भईरहेका कोरोना खोपहरुको ट्रायल गर्न र खरीद सम्झौता गर्न सरकार नै सक्रिय भएर लागेका छन् ।
तर नेपालमा कोरोना दिन दिनै बढीरहे पनि सरकारले चीन, रुस, बेलायत जस्ता देशमा उत्पादन भएका खोपको परीक्षण र आयातमा कुनै अग्रसरता नदेखाएका बेला व्यापारीहरुले रुसी भ्याक्सिन स्पुतनिक भी ल्याउने सम्झौता गरेका छन् ।
रसिया डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) र ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा दुई करोड ५० लाख डोज भ्याक्सिन आपूर्ति गर्ने सहमति भएको खबर छ ।
द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता भएको जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यो समाचार प्रकाशन गरेको छ।

‘यो सम्झौताले नेपालका ९० प्रतिशत मानिसलाई स्पुतनिक भी को पहुँच सुनिश्चित गर्नेछ र त्यहाँका क्लिनिकहरूलाई सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धको खोप उपलब्ध गराउनेछ,’ आरडिआइएफको विज्ञप्तिमा भनिएको छ।
अन्तराष्टिय सञ्चार माध्यमले पनि उक्त भ्याक्सिन नेपाल जाने बिषयमा महत्वका साथ समाचार प्रकाशित गरेका छन् ।
रुसले यस अघि नै नेपाललाई खोपको ट्रायल गर्न आग्रह गरे पनि नेपालले आलटाल गरेको थियो ।
तर सरकारी संयन्त्रहरुले उक्त सम्झौताबारे अनविज्ञता प्रकट गरेका छन् । भारतमा रहेको कम्पनीले नेपालमा पनि कोरोनाको भ्याक्सिनको बजार हुन सक्ने भएकाले अहिले नै सम्झौता गरेको हुन सक्ने अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म औषधि ल्याउन कसैले प्रस्ताव नै नगरेको बताएको छ।

विश्वमै सबै भन्दा पहिला रुसले कोरोना बिरुद्धको भ्याक्सिन उत्पादन शुरु गरेको छ ।
यो भ्याक्सिन रुसले शीत युद्धका बेला परीक्षण गरेको पहिलो स्याटेलाईट स्पुतनिक भी को नाममा राखेको छ ।
२० औं वर्षदेखिको अनुभव र तयारीले यो खोप छिटो उत्पादन गर्न सफल भएको रुसले बताउदै आएको छ ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका छोरी सहित दशौ हजार मानिसले यो खोप लगाईसकेका छन् ।
रुसबाट भारत, ब्राजिल, मेक्सीको, अर्जेन्टिना सहित ५० बढी मुलुकले खोपको अर्डर गरीसकेका छन ।
तर सरकारले नभई व्यापारीले खरीद गरेर ल्याउन लागेको भ्याक्सिन नेपाली गरीब जनताले खरीद गरेर लगाउन सक्लान ? वा सरकारले निशुल्क खोप वितरण गर्छ ? यो प्रश्न भने जीवितै छ ।
विश्वका धेरै देशले नागरिकलाई कोरोनाको खोप निशुल्क लगाउने घोषणा गर्दै आएका छन् ।

Facebook Comments Box