काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् । २० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्
त्यस्तै नेपालमा यो हप्ता कोरोना संक्रमण फैलिने दर १२७ प्रतिशतले वृद्धि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो। ईपीडीमीओलोजी डा. अर्चना श्रेष्ठले अरु देशको तुलनामा नेपालमा कोरोना संक्रमणको वृद्धिदर अत्यन्तै धेरै रहेको बताइन्।
Facebook Comments Box