काठमाडौँ — आफूमाथि प्रतिनिधिसभाको विश्वास रहेको पुष्टि गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा देखिएका छन् । बुधबार साँझसम्म प्रधानमन्त्री ओलीले संसद्मा हाल कायम रहेको संख्यामा चाहिने बहुमत अर्थात् एक सय ३६ सांसद्को समर्थन जुटाउन सकेका छैनन् । मतदानको दिन नजिकिँदै गर्दा दबाबमा देखिएका ओलीले बहुमतका लागि सम्भावित विकल्पको पनि खोजी थालेका छन् ।
सत्ता साझेदारी दल माओवादी केन्द्रको समर्थन फिर्ता, आफ्नै पार्टी एमालेभित्र तीव्र अन्तरविरोध र सिंगो जसपाले सहयोग गर्ने अवस्था नभएपछि विश्वासको मत हासिल गर्नुअघि प्रधानमन्त्री ओलीमाथि दबाब छ । साभार कान्तिपुर अनलाइन
Facebook Comments Box