एनआरएनए युकेका महासचिवका उम्मेदवार कर्मा पहाडी शेर्पा

खवर पाटी (खोज खबरको अभियान)

स्मार्ट एनआरएनएको नाममा पर्सनल डाटाको दुरुपयोग भएकोले जनचेतनाका लागि सबै सजग रहन आह्वान गरेका छन्। एनआरएनए युकेले पहिलो पटक एमआईएस प्रविधिबाट सदस्यता वितरण गर्दैछ, जुन कुरा नयाँ प्रविधि सँग परिचितहरुलाई खुशीको कुरा हो भने अधिकांश सदस्यहरु यस्तो सिस्टमको प्रयोग गर्न सक्दैनन्। जसका कारण अनलाइन भोट दिन त हैन साधारण सदस्य बन्न पनि मुस्किल परेको छ। यस्तो अन्योलको घडीमा अनलाइन मार्फत आफ्नो परिचय पत्र, घरको ठेगाना, बैंक, फोन र इमेल जस्ता व्यक्तिगत कुराहरु अपलोड गरेर सदस्य बन्दा यो सबै डाटाको सुरक्षा नहुने तथ्य बाहिर आएको छ। शेर्पा स्वयम् यहि जुलाई ३१ मा हुने एनआरएनए युकेको चुनावका महासचिवका सम्भावित उम्मेद्वार पनि हुन् तर उनले आफ्नो भोटको स्वार्थको लागि हजारौं सदस्यको हित बिपरित डाटा दुरुपयोग नगर्ने बरु सबैको हकहितमा लड्न आफु सधैँ लागिरहने बताएका छन् तर यसको मतलब आफु स्मार्ट एनआरएनएको बिरोधी नभएको पनि प्रष्ट परेका छन् । कर्मा पहाडी शेर्पाले आफु सदस्य बन्ने र बनाउने क्रममा आफ्नो व्यक्तिगत डाटाको सुरक्षा नहुने थाहा पाए पछि एनआरएनए युकेलाई इमेल मार्फत पत्र पठाएका छन् र उनले आफु एनआरएनए युकेको जवाफको प्रतिक्षामा रहेको भनेका छन्। उनले आफु पहिले सदस्य बन्दा प्रयोग गरिएका व्यक्तिगत कुराहरु सदस्य बनेको दुई दिन मै आफ्नो मन्जुरी नलिई अन्य वेबसाइटमा थर्ड पार्टी शेयर गरी दुरुपयोग गरिएकोमा आपत्ति जनाएका छन्। उनले आफु सँग सो कुरा प्रमाणित गर्ने तथ्य प्रमाण रहेको पनि बताएका छन् । शेर्पाको पत्र पाएको जानकारी पाएपछि एनआरएनए युकेका चारजना उपाध्यक्ष लगायत अन्य कार्य समितिका पदाधिकारीहरुले पनि डाटा लिक जस्तो गलत कार्यको दुख व्यक्त गर्दै त्यस्तो गैरकानुनी कार्यको लागि आफुहरु पनि साथ रहेको र आफ्नो हकको लागि लड्न सहयोग गर्ने बचन दिएका छन्। सबै उम्मेद्वारहरु आगामी चुनावको तयारीमा लगेर धमाधम सदस्य बनाउन र आफ्नो मतदाता बढाउन लागेको बेलामा शेर्पा आफु भने जनचेतना जगाउन र एनआरएनलाई नै जवाफदेहि बनाई डाटा प्रोटेक्सनको लागि सकेसम्म सचेत रहन सर्वसाधारणहरुलाई आग्रह गर्दैछन। उनले एनआरएन संगको वार्ताबाट चांडै समस्याको समाधान गर्ने अपेक्षा राखेको बताए।

Facebook Comments Box