भ्याक्सिन मा प्रधानमन्त्रीले मागे कमिशन :काग्रेस नेता शेखर

खवर पाटी (खोज खबरको अभियान)

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा वरिष्ठ चिकित्सक समेत रहेका डा. शेखर कोइरालाले स्वास्थ्य जस्तो अत्यन्त संवेदनशील विषय र स्वास्थ्य सामाग्री खरिदमा आफैं कमिशनको गोलचक्करमा फसेर दुनियाँ हँसाउनु अत्यन्तै लज्जाजनक र खेदजनक कार्य भएको बताएका छन् ।

कमिशन नमिलेकै कारण प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायीहरुको हर्कत एकाएक बाहिर आएपछि कांग्रेस नेता डा. शेखर आक्रासित बनेका हुन । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै “प्रधानमन्त्री निकट व्यापारीहरु बिजय दुगड र रिता बैद्यले कमिशन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित बनाएको बताएका हुन् । कांग्रेसका प्रभावशाली नेता डा. शेखरले सरकार समक्ष प्रश्न गर्दै अगाडि लेखेका छन्, महामारीको यस्तो कहालीलाग्दो समयमा पनि जनतामाथि यस्तो धोका ?

पहिलो चरणको महामारीका समयमा समेत वर्तमान सरकारले ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्री ओली निकट ओम्नी समूहलाई स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा दिईएको कुरा स्मरण गराउँदै अहिले फेरि सोही प्रकृतिको हर्कत दोहोरिनु अत्यन्तै लाजमर्दो भएको बताएका छन् ।

कांगेस नेता डा. शेखरले वर्तमान सरकरको स्वास्थ्य सामाग्री खरिदमा भएको करोडौं रुपैयाँको चलखेल सहन गर्न नसकिने बताउदैं अगाडि लेखेका छन्ः देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका ब्यवसायीहरुले जनस्वास्थ्य माथिको यति ठूलो अपराध र बेईमानी कदापी क्षम्य हुन सक्दैन ।

डा. शेखरले स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएको भ्रष्टाचारको नैतिक जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनु पर्छ भन्दै राजनीतिलाई भ्रष्टाचार गर्ने र अकुत सम्पत्तिको ब्यवस्थापन गर्ने थलोको रुपमा नभई राजनीति केवल सामाजिक सेवा र जनकल्याणका लागि हुनुपर्ने समेत बताएका छन् ।

Facebook Comments Box