रातारात पश्चिम नवलपरासि प्रशासनले फिर्ता लग्यो सिलिण्डर

खवर पाटी (खोज खबरको अभियान)

प्रशासनको मानोमानी रातारात आईशोलेशन सेन्टर बाट अक्सिजन सिलिण्डर फिर्ता ।।।

नवलपरासी । पश्चिम नवलपारसीको रामग्राम नगरपालिकाको आईशोलेशन सेन्टर संचालनका लागि दिइएको अक्सिजन सिलिण्डर प्रशासनले फिर्ता लिएपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । नगरपालिकाले वडा ४ स्थित पाल्ही बहुमुखी क्याम्पस भवनमा संचालन गरेको २० बेडको आईसोलेशन सेन्टरमा राख्नका लागि जिल्ला प्रशासन कार्यालयले दिएको ५० थान खाली अक्सिजन सिलिण्डर पुनः प्रशासनले रातारात कब्जामा लिई फिर्ता लगेपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९को बढदो संक्रमणले संक्रमितहरु अक्सिजन नपाएर मृत्यु हुने अवस्थालाई न्युनिकरण गर्न नगरपालिकाले संचालनमा ल्याएको अक्सिजन सहितको आईसोलेशन सेन्टरबाट प्रशासनले अक्सिजन सिललिण्डरहरु रातारात कब्जामा लिई फिर्ता लगेपछि नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको छ । रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रशासनको यस्तो क्रियाक्लापले आईशोलेसन संचालमा असहयोग भएको उल्लेख गरिएको छ ।

हिजो सोमबार साँझ ति सिलिण्डरहरु आईसोलेशनमा आएकोले भरिएका सिलिण्डर भित्र राखिने र बेडमा जडान कार्य गरिएको र खाली सिलिण्डरहरु भर्नका लागि उद्योगमा पठाउने भएकाले ति सिलिण्डहरु नगर प्रहरीको निगरानीमा कम्पाउण्ड भित्रै राखिएको आईसोलेशनका स्वाथ्यकर्मीहरु बताउछन् तर पनि राती १० बजेतिर प्रशासनले प्रहरी लिएर आएर ति सिलिण्डरहरु उठाएर लगेपछि हामी काम गर्नेहरुको मनोबल पनि घटेको छ ।
स्थानिय तहहरुले आ–आफनो नगरबासीहरुलाई सुरक्षित गर्न र उपचार सेवा प्रदान गर्न लाखांै रुपैया खर्च गरि बनाएको आईसोलेशनमा प्रशासनले आफै पालिकाकाहरुको सिलिण्डर भरि प्रयोग गर्ने भनि जिम्मेवारीमा दिएको खाली सिलिण्डरहरु यसरी फिर्ता लैजाने कार्य गर्यो भने हामीले कसरी अक्सिजन सहितको उपचार सेवा प्रदान गर्न सक्छौ? भनि नगर प्रमुख गुप्ताले प्रश्न गरेका छन् ।

जिल्ला प्रशासनले कार्यालयले विभिन्न उद्योगहरुबाट संकलन गरेको खाली सिलिण्डरहरु विभिन्न स्थानिय तह र अस्पतालहरुलाई अक्सिजन भरेर प्रयोगमा ल्याउन दिईरहेको छ । जसअनुसार रामग्राम नगरपालिकाले आइसोलेशन संचालनका लागि ५० वटा सिलिण्डर पाएकोमा १० वटा सिलिण्डरमा अक्सिजन भरि तत्काल अक्सिजन सहितको १० बेड संचालनमा ल्याएको र थप ४० वटा सिलिण्डरमा अक्सिजन भर्नका लागि २ जना नगर प्रहरीको निगरानीमा आईसोलेशनको कम्पाउण्ड भित्र राखि राखेको अवस्थामा प्रशासनले ति सिलिण्डरहरु सोमबार राती प्रशासनले नगरपालिका संग समन्वय नगरि कब्जामा लिई फिर्ता लगेको थियो ।

प्रशासनले अक्सिजन सहितको आईसोलेशन संचालनका लागि आफै दिएको सिलिण्डरहरु नगरपालिका संगको समन्वय नगरि यसरी रातरात कब्जामा लिई लगेपछि अक्सिजन सहितको आइसोलेशन संचालनमा अवधरो भएको नगरपालिकाले महसुस गरेको छ । आईसोलेशनमा हाल २ जना संक्रमित छ जसमध्ये एकजनालाई अक्सिजन चाहिएको छ । प्रशासनको यो रवैयाले नगरपालिकाले प्रशासन संग एउटा मात्र अक्सिजन माग गरेको थियो तर प्रशासनले ति १० वटा भरिका सिलिण्डरहरु पुनः आईसोलेशनमा फिर्ता पठाएको र कमीकम्जोरी भएको महसुस गरेको छ ।

प्रशासनले सिलिण्डर लगेपछि विभिन्न व्यक्तिहरुले फेसबुकमा सिलिण्डर लावारिस अवस्थामा फालिएकोले प्रशासनले नियन्त्रणमा लिएको कुप्रचार समेत गरिरहेको पाइएको छ । नगरपालिकाले २० बेडको अक्सिजन सहितको आईसोलेशन संचालनमा ल्याएपनि प्रशासनले संवेदनशिल भएर अक्सिजनका लागि सहयोग नगरेको यस घटनाले देखाएको नगरपालिकाको आरोप छ । नगरपालिकाले केहिदिन भित्रै २ बेड एचडियु वार्ड पनि संचालन गर्दै छ ।

नगरपालिकाद्धारा संचालित उक्त आईसोलेशन सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मी र नगर प्रहरीको प्रत्यक्ष निगरानी भैरहेको र संक्रमित विरामीलाई आवश्यक उपचार सेवा प्रदान भैरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगर प्रमुख, उप प्रमुख सहित जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत सहित कर्मचारीहरु खटेर कोभिड–१९को संक्रमण रोकथाम र आईसोलेशन संचालन तथा केस ईन्भेष्टिगेशन, कन्ट्याक्ट ट्रेसिङ्ग लगायतका कार्यहरु गरिरहेका छन् ।
यस्तो संवेदनशिल घडिमा सिलिण्डर फिर्ताको विषयलाई लिएर केहि जनप्रतिनिधि र पत्रकारहरु यस विषयमा भ्रामक सुचना तथा सामाचार सम्प्रेषण गर्ने कार्यले नगरपालिका उहाँहरु माथि पनि प्रश्न चिन्ह खडा गरेको छ ।

Facebook Comments Box