आज भदौ ३ गते १५ औं राष्ट्रिय सूचना दिवस मनाइँदै

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आज १५औं राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा आज यो दिवस मनाउन लागिएको हो । वि.सं. २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

यस पटक कोरोना महामारीका कारण दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम हुने छैन । संघीय शासन प्रणालीमा सूचनाको हक महत्त्वपूर्ण स्थान छ । यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै मुलुकका सार्वजनिक निकायलाई पारदर्शी, नागरिकप्रति जिम्मेवार, उत्तरदायी र जवाफदेही बनाउन सकिन्छ ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य र आधिकारिक सूचना मात्र प्रवाह गर्न आग्रह गरेका छन । सूचनाको हकको कार्यान्वयनबाट सुशासन कायम गरि नागरिकलाई सुसूचित गराउँदै सक्षम बनाउन सकिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरेका छन ।

त्यस्तै, राष्ट्रिय सूचना आयोगले कोरोना महामारी नियन्त्रणका लागि सरकारकातर्फबाट भए गरेका प्रयास र योजनालाई नागरिकसम्म पुर्याउन आग्रह गरेको छ ।

Facebook Comments Box