राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । शेरचनको ६७ बर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको हो।

शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । शेरचन अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन् ।

संविधानसभा सदस्य समेत रहिसकेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।

शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । आज विहान ११ वजे पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

Facebook Comments Box