कौण्डिन्यद्वारा लिखित भागवत ज्ञानरत्नमाला बजारमा

खवर पाटी (खोज खबरको अभियान)

भागवत ज्ञानरत्नमाला बजारमा
वालव्यास कथावाचक पं. श्री सुरज कौण्डिन्यद्वारा लिखित श्रीमद्भागवत ज्ञानरत्नमाला पुस्तकप्रकाशितभएको छ । श्रीमद्भागवतमहापुराणको आन्तरिक रहस्य सहित गोप्य ज्ञानहरूको दिग्दर्शन रहेको ज्ञानरत्नमाला पुस्तक गुडविल प्रकाशकतथावितरकले प्रकाशन गरेको हो ।
यस पुस्तकमा भागवतभित्रका अनगिन्ती प्रश्नहरूको उत्तर प्रस्तुत गरिएको छ ।

भागवतभित्र रहेका गोपनीय तत्त्वहरूलाई प्रश्नोत्तर शैलिका साथमा सरल नेपाली भाषामा प्रकाश पारि जनसमुदायमा ज्ञान बाढ्ने प्रयत्न लेखकले गर्नुभएको छ । महात्म्यभनेको के हो ? भगवान् कसलाई भन्ने ?, भागवतको शुरु ‘ज’ अक्षर बाट नै किन ?  भागवतको सुरुमा ६ प्रश्नै किन ? पुतना अघासुर धेनुकासुर कंशलगायत धेरै दैत्यहरूलाई भगवानले नै किनमार्नु भयो ? त्यसको रहस्य, भक्तका प्रकार जयकार किन गर्ने ? भागवतभित्रका रत्न–गीता–गीत आदिको संख्या लगायतका भागवतमहात्म्य र भागवतभित्र सयौँ प्रश्नहरूका उत्तरको साथमा जीवनमा अति नै उपयोगी दृष्टान्त कथाहरू समेत यस ज्ञानरत्नमाला पुस्तकमा समेटिएको छ ।

भागवतभित्रका विषयहरूमा खोज अनुसन्धान गरि विभिन्न शास्त्रहरूको प्रमाण सहित प्रश्नोत्तर शैलिमा प्रामाणिक उत्तर यस पुस्तकभित्र प्राप्तहुने कुरा लेखकले बताउँनु भयो ।
श्रीमद्भागवतमहापुराणमा वर्णित विषयहरूका अनेकौँ प्रश्नहरूको उत्तरहरूमध्ये हाम्रा आवश्यकता अनुसार उत्तर खोजेर राखि दिनुहुने लेखकलाई नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभागीय प्रमुख प्रा.डां देवमणि भट्टराई साधुवाद दिनुहुन्छ ।
पुस्तकका विषयमा आध्यात्मिक तथा आध्यात्म क्षेत्रका प्रशिद्ध व्यक्तित्व आचार्य श्री शीतलकृष्ण ज्यू भन्नुहुन्छः– “जिज्ञासुहरूका मनका संशयहरू मेटाउनका लागि श्रीमद्भागवत ज्ञानरत्माला उपयोगी छ ।”
यस्ता आध्यात्मिक क्षेत्रलाई डोर्याएर हिड्नुहुने धेरै व्यक्तित्व, विद्वान व्यक्तित्व गुरुहरू, लेखकका गुरु लगायत ख्यातिप्राप्त व्यक्तित्वहरूले समेत पुस्तकमा शुभकामना प्रसंशा, मन्तव्य आदि पुस्तकका बारेमा लेख्नुभएको छ ।
पुस्तक हेर्दा जम्मा ११२ पृष्ठ रहेको भएपनि पुस्तक जिरे खुर्सानी जस्तै सानो आकारमा पनि ठुलो ज्ञानराशि रहेको स्पस्ट हुन्छ ।
सन्दर्भ ग्रन्थहरूको नाम सहित प्रकाशित यस पुस्तकको मुल्य २२० रहेको र नेपाल देशभर धेरै भन्दा धेरै पुस्तक पसलहरूमा पुस्तक उपलब्ध रहेको कुरा गुडविल प्रकाशनका प्रबन्ध निर्देशक शिवसागर शर्माले बताउँनु भयो ।

Facebook Comments Box