सरकारले घोषण गरे सय दिनमा निर्वाचन गर्न सकिन्छः आयोग प्रवक्ता

खवर पाटी (खोज खबरको अभियान)

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सय दिनको तयारीमा पनि स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् ।
निर्वाचन आयोगले संविधान र प्रचलित नियम कानुन बमोजिम स्थानीय तहको निर्वाचन गर्ने समय भयो भनेर सरकारलाई परामर्श दिएको तर मिति घोषणा गर्ने काम त नेपाल सरकारले गर्ने उनको भनाई छ ।

सरकारले निर्वाचन आयोगले दिएको परामर्श अनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेन भने के हुन्छ भन्ने प्रश्नमा प्रवक्ता पौडेलले भने ‘एउटा कुरा स्पष्ट छ, “सरकारले तिथि घोषणा गरेन भने निर्वाचन हुँदैन । त्यसमा आयोगले केही गर्न सक्ने हैसियत छैन । आयोगले आफ्नो जिम्मेवारी पूरा गर्ने मात्र हो । यसको अर्थ सरकारले आयोगलाई नटेरेको भन्ने रुपमा लिएका पनि छैनौं ।”

सरकारले मिति घोषणा गरेमा १२० दिनको निर्वाचन अवधिलाई सय दिनमा कम्प्रोमाइज गर्न सकिने पनि उनले स्पष्ट पारे । पौडेलले भने, “हामीलाई माघको पहिलो हप्तासम्म मिति घोषणा होला भन्ने थियो । त्यो हुन सकेन । सामान्यतः १२० दिनको निर्वाचन अवधि चाहिन्छ । तर हामी सय दिनमा कम्प्रोमाइज गर्न सक्छौं ।”

 

Facebook Comments Box