गृह जिल्लामा निर्देशक घिमिरे माथि दुब्र्यवहार

खवर पाटी (खोज खबरको अभियान)

सिन्धुली २१ माघ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जिल्लाको नाम चिनाउनका लागि लामो समय देखि सिन्धुलीगढी चलचित्रको खोज, अध्यन, अनुसंधान पश्चात स्थलगत अध्यनका लागि सिन्धुली पुगेका निर्देशक बिश्वमणि घिमिरे माथी दुब्र्यवहार भएको छ ।
निर्देशक बिश्वमणि घिमिरेको टोलमा रहेको कमलामाई नगरपालिका ५,मधुटार स्थित साइनिङमून बोर्डिङ स्कुलको बिबादास्पद अवस्थालाई सहजीकरण गर्ने सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा आवाश्यक कानुन बमोजिम गर्ने गराउने गरि सहमति पत्र तयार पारी दुबै पक्षहरूको साक्षी सहितको रोहवरमा सहिछाप गरि बाताबरणको सहजीकरण गरेर फर्किदा बिबादित स्थानमा पुनः मादक पदार्थ सेवन गरि धाक धम्की र सम्झौता बिपरित अराजक प्रवृत्ति देखाइ नाङ्गो नाच प्रस्तुत गर्दै निर्देशक घिमिरेलाई गाली गलौज गर्ने ब्यक्ति प्रत्यक्ष दर्शिका भनाई अनुसार स्थानीय प्रलाद पोखरेल रहेको र उनै ब्यक्तिले प्रहरी कार्यालयमा पनि अराजक प्रवृत्ति प्रस्तुत गरेको निर्देशक घिमिरेले बताए । जनताको हक अधिकारका निमित्त गरिने राजनीतिलाई ब्यवसाय धन्दा चलाउने, गुणस्तरीय शिक्षा भन्दा सम्पतिलाई महान ठान्ने ब्यक्तिहरुद्वारा राष्ट्रिय ब्यक्तित्व चलचित्र निर्देशक घिमिरे प्रति गरिएको अमानवीय ब्यवहारको स्थानीयवासीले निन्दा गरेको छ ।
यस्ता असामाजिक तत्वलाई यथासक्य कार्वाही गर्न सम्बन्धि निकायको ध्यानजानु जरुरी छ । बिना स्वार्थ देश र जनताको मुद्दालाई चलचित्रको माध्यमद्वारा राज्यलाई ध्यानाकर्षण गराउने ब्यक्तित्वलाई सम्मान गर्न नसक्के स्कुलका शेयर धनि वा संचालकले शैक्षिक संस्था जस्तो पबित्र स्थानमा बस्ने कुनै नैतिकता नरहेको र यस्ता खाले प्रवृत्तिबाट बालबालिकामा सकारात्मक भन्दा बडि नकारात्मक मनोबैज्ञानिक असर पर्ने हुदा म माथी प्रयोग गरिएका भाष्य भन्दा पनि, यस्ता भाष्य प्रयोग गर्ने दुसित मानसिकता भएकाहरुबाट अभिभावकहरुले पनि सचेत रहनु पर्ने सामाजिक न्यायको सिद्धान्त पनि यहि भएको बैज्ञानिक तथ्य निर्देशक घिमिरेले बताउनु भयो ।

Facebook Comments Box