नेचाली सर्जक टुपेन मगरको प्रकृतिको उपहार ‘माटोको गीत’ को गीति भीडीयो सार्बजनिक

खवर पाटी (खोज खबरको अभियान)

सोलुखुम्बु। जिल्लाको दक्षिणी भेगमा अवस्थित नेचासल्यानको माटोले जन्माएका सर्जक टुपेन मगरको सृजना “माटोको गीत” बोलको गीत सार्वजनिक भएको छ। वसन्त पञ्चमीको अवसर पारेर आइतबार राजधानी काठमाडौंमा युट्युवमार्फत सार्बजनिक गरिएको गीतकार मगरको उक्त गीतको लिरिकल भिडियोमा जन्मभूमि नेचासल्यानको सुन्दरताको व्यापक चर्चा गरिएको छ।

गीतमा नेचाली माटोले नै जन्माएका संगीतकार जसिहाङ राईले संगीत भरेका छन् भने संगीत संयोजन पवनवाङ लामाको छ।चर्चित गायक राजेशपायल राई र आयिका मेलिना राईको सुमधुर स्वरमा रहेको उक्त गीत निकै नै कर्णप्रीय छ।

गाउँले इन्टरटेनमेन्टको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको लिरिकल भिडियो गंगाराम राईले सम्पादन गरेका छन् । नेपाली गायन क्षेत्रका शिखर गायक–गायिकाको सशक्त गायन भएको यो गीत सबैखाले दर्शक श्रोताले सुन्न/हेर्न लायक रहेको इन्टरटेन्मेण्टले बताएको छ। गीतकार मगर हाल हङ्कङ बस्दैआएका छन् । हङ्कङ बसाइ भए पनि नेपाली गीत–संगीतमा उनकोे उपस्थिति रहँदै आएको छ ।

Facebook Comments Box