स्थानीय तहको चुनाव वैशाख ३० मा, देशभर एकैचरणमा गरिने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा वैशाख ३० गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री प्रेम आलेले दिएको जानकारीअनुसार देशभर एकैचरणमा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । उनले त्यसबाहेक अन्य निर्णयका बारेमा भने केही बताएनन् ।

Facebook Comments Box