नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन दलहरू मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदमा पुर्याउनुको साटो बाहिर बुरुक्क बुरुक्क उफ्रने गरेको आरोप लगाउनुभएको छ । उहाँले ५ बर्ष अगि अहिले सरकारमा बस्नेले नै एमसीसी सम्झैता गरेको र ठगी खाने भाँडो बनाएको आरोप लगाउनुभयो ।
सम्झौता पछि चुनाबाट एमालेको सरकार बनेपछि अहिले पास गर्नु हुन्न एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर सत्ता गठबन्धन दलहरुले पास गर्न पर सार्दै सार्दै गएको उल्लेख गर्नुभयो । एमाले नेतृत्वको सरकारमा एमसीसी संसदमा पेश गर्न खोज्दा नदिएको भन्दै ओलीले भन्नुभयो, “हामीले सरकारमा रहँदा संसदमा एमसीसी पेश गरौं भनेका थियौं, संसदलेनै निर्णय गर्छ, संसदमा हामीले छानेर पठाएका जनप्रनिधिहरुले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पु¥याइदिऔं भन्दा उनीहरुले संसदमा पु¥याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पु¥याउन सकेका छैनन्, बाहिर बुरुक्क–बुरुक्क उफ्रिन्छन्, संसदमा नपु¥याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने रु”
अध्यक्ष ओलीले देश ठूला राष्ट्रको मशल लडाउने ठाउँ हुन थाले पनि सरकार सजक नभएको बताउनुभयो । अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध खतरामा पर्दै नेपाल अप्ठ्यारो र असहज अबस्थामा पुगेको बताउनुभयो । कार्यक्रममा उहाँले सरकारले राम्रो काम गर्न नसकेको भन्दै देश चरम आर्थिक संकटमा परेको बताउनुभयो ।सरकार आफ्नै आन्तरिक किचलोमा रुमलिएको छ भन्दै उहाँले अहिलेको सत्तारुढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको बताउनुभयो ।